Become a volunteer

Become a Blood Donor

20°C
few clouds

यसरी रहनुहोस् फिट


Author : नेपाल हेल्थ टाईम्स

१४ असोज दैनिकको भागदौड, अस्वस्थकर खाना, अनिद्रा, व्यायामको अभाव आदीका कारण मानिसले आफूलाई फिट राख्न सक्दैनन । यसले रोग समेत निम्त्याउने र मानिसलाई असहज समेत हुने गरेको छ । यसलाई मध्यनजर गरेर हामीले फिट रहनका लागि केही उपाय प्रस्तुत गरेका छौ ।


१. दैनिक शारीरिक अभ्यास गर्नुहोस्ः
फिट रहनका लागि शारीरिक अभ्यासको पनि त्यत्तीकै महत्वपूर्ण  भूमिका रहेको छ । त्यसैले दैनिक कम्तीमा पनि १ घन्टा व्यायाम गर्नुपर्छ । तपाईले आफूलाई दौडने, उफ्रने जस्ता काम गर्नैपर्छ भन्ने बाध्यतामा नराख्नुस् । तर तपाईको दैनिक जिवनमा मध्यम खालका केही शारिरीक गतिविधि भने गर्नु आवश्यक छ । यसका लागि केही घन्टा हिड्नुपर्छ ।



२. सही खाना खानुहोस्
मिठाई जस्ता खानेकुराबाट परै रहनुहोस् । खादा जिब्रोको स्वादका लागि नभएर शरीरका लागि खानुहोस् । क्यान्डीबाट प्राप्त हुने चिनीले तपाईको शरीरको आकारलाई सही स्थानमा राख्दैन । केबल एक क्यान्डी बारले पनि अर्को अवस्थातर्फ डोर्‍याउन सक्छ । खानेकुरामा फलफूल र तरकारी उपयुक्त हुन्छ । यसले तपाईको शरीरलाई सही ठाउँमा राख्नका लागि मद्दत गर्छ । एउटा स्याउले तपाईको पेटलाई ३ देखि ४ घन्टासम्म टन्न राख्नका लागि सहयोग गर्छ । हरियो सीमी र ब्रोकाउलीले पाचन प्रणालीलाई सफा राख्छ र यसलाई कायमै राख्नका लागि सहयोग गर्छ ।
टर्की र चिकेन जस्ता मासुले पनि शरीरलाई दुरुस्त राख्नका लागि सहयोग गर्छ । सी फूडहरु- स्रिम्प र टिलापिया पनि वैकल्पिक खाना हुन सक्छन् । यी खानामा पूर्ण मात्रामा प्रोटिन र स्वस्थ पोषक तत्व हुने गर्छ । यसले मांशपेशीलार्य फिट राख्छ र कामका लागि सहयोगी हुन्छन् ।



३.क्यालोरीलाई सही राख्नुहोस्
एक दिनमा कत्तिको मात्रामा क्यालोरी खानु भएको छ भन्ने विषयलाई मनन गर्नुहोस् । यो शारीरिक व्यायामको योजना बनाउनका लागि सहयोगी हुनेछ । बडि बिल्डरहरुको मांशपेशी किन ठूलो हुने गर्छ भन्ने विषयमा पनि तपाईलाई अचम्म लाग्न सक्छ । उनीहरुले खानाको योजना बनाउने र औसत मानिसको तुलनामा बढी क्यालोरी खाने भएकाले यस्तो हुन गएको हो ।



४. सुत्ने समयको नि¥क्योल गर्नुंहोस्
हामी मध्ये धेरैजसाको दिन र रातको अवधिमा ८ घन्टाको काम हुने गर्छ । शरीरको उर्जा रिचार्ज गर्नका लागि पर्याप्त मात्रामा सुत्नु आवश्यक छ । ६ देखि ८ घन्टाको सुताईले मानिसलाई पनि काममा जानका लागि सहयोग गर्छ । तर कामबाट घर फर्किएपछि थकान महसुश भयो भने व्यायाम अगाडि छोटो समय सुत्नुहोस् । यस्तो अवस्थामा तपाई केबल आधा घन्टा मात्रै सुत्नुहोस् ।



५.प्रेरित मनस्थिति बनाउनुहोस्
सधै सकारात्मक हुनुहोस् र काम गर्नेतर्फ प्रेरित हुनुहोस् । यदी तपाई आशावादी वा सकारात्मक हुनुभयो भने शरीरलाई पनि आफूले चाहे जस्तै फिट राख्नका लागि सक्षम भइन्छ। 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली