Become a volunteer

Become a Blood Donor

9°C
few clouds

यस उमेरमा महिलाहरूको सेक्सुअल लाइफमा आउँछ समस्या


Author : एजेन्सी

६ मंसिर आम रूपमा पुरूषको तुलनामा महिलाहरूलाई युरिन इन्फेकसन बढी हुने गर्दछ । यसलाई युटिआई (urinary tract infection) भनिन्छ । यो संक्रमण महिलाहरूलाई बढी हुनुमा बायोलोजिकल र फिजिकल कारण नै प्रमुख हो । यसको असर उनीहरूको सेक्सुअल लाइफमा पनि देखिन्छ । तर निश्चित उमेरमा पुगेपछि महिलाहरूमा सेक्सुअल हेल्थ संग जोडिएका धेरै समस्या हुने गर्दछन् ।



केहि मुख्य कारणहरू

महिलाहरूको सेक्सुअल लाईफ अवरूद्ध हुनुको आम कारणहरू युरिन इन्फेक्शन, योनीको सुक्खापन, स्खलन नहुनु, तथा उत्तेजना नहुनु आदी हुन् । बिशेष कुरा के छ भने यी सबै समस्याहरूको सम्बन्ध कतै न कतै एउटै कारणसंग जोडिएको हुन्छ ।



यो उमेरमा सबैभन्दा बढी

बिशेषगरी महिलाहरूमा ४० देखि ५० बर्षको बीचमा सेक्सुअल हेल्थ संग जोडिएका समस्याहरू अधिक हुने गर्दछन् । यो तथ्य हालै इटलीमा गरिएको एक अध्ययनबाट सार्बजनिक भएको हो ।



यस्तो छ मुख्य कारण

४० देखि ५० उमेरमको बीचमा महिलाहरूमा सेक्सको चाहना घट्नुको मुख्य कारण रजस्वला बन्द हुँदा आउने समस्या नै हो । यसको  पूर्व संकेतका रूपमा योनीमा सुक्खापन हुने, स्खलन नहुने तथा उत्तेजना नहुने जस्ता समस्याहरू देखिन्छन् । यसको लक्षण भने ब्यक्तिपिच्छे फरक फरक हुने गर्दछ ।



ओवेरियन कोर्व्स र हर्मोन

महिनावारी सुक्नु भनेको महिलाहरूको रजस्वला बन्द हुनु हो । यसको कारणले ओवेरियन कर्व्स द्वारा फिमेल हर्मोन एस्ट्रोजन र प्रोजेस्टेरोन उत्पादनमा कमी आउँछ । यसैको कारणले महिलाहरूलै सेक्सुअल लाइफ संग सम्बन्धित समस्याको सामना गर्नुपर्ने हुन्छ ।



यस्ता महिलामा हुन्छ अधिक समस्या

अध्ययनका अनुसार सेक्सुअल हेल्थ संग जोडिएका समस्या ती महिलाहरूमा बढी हुने गर्दछ जसलाई धुम्रपान, मध्यपान गर्ने आदत हुन्छ । बढी वजन हुँदा पनि यस्तो समस्या देखिन सक्छ ।



र यस्तो पनि हुन सक्छ

महिनावारी बन्दपछिको शारीरिक सम्पर्क पीडादायी हुन सक्छ।ब्याक्टेरियल इन्फेक्शन पनि हुनसक्छ । जोर्नी दुख्ने तथा निन्द्रा नलाग्ने जस्ता समस्या देखिन सक्छ । ताजा रिसर्च संग जोडिएका उडिन विश्वविद्यालयका डा. एंग्लो क्यागनेसीका अनुसार प्रतिशतका आधारमा महिलाहरूमा सेक्सुअल हेल्थ संग जोडिएका सबैभन्दा धेरै समस्याको औषत उमेर ४९ बर्ष हो ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली