Become a volunteer

Become a Blood Donor

21°C
few clouds

यी हुन् विश्वकै १० प्रदूषणमुक्त सहर


Author : एजेन्सी

 ११ साउन उद्योग धन्दा, कल कारखाना, सवारी साधन आदिले विश्वका धेरै सहरहरु प्रदूषणको मार खेप्दै आएका छन् । यसले मानव स्वास्थ्यलाई नराम्रो असर पार्दै आएको छ । हाम्रो मुलुकको राजधानी काठमाडौं पनि उच्च सवारी साधनका कारण वायु र ध्वनी प्रदूषणको चपेटामा पर्दै आएको छ । काठमाडौंलाई हर्नमुक्त क्षेत्र घोषणा गरिए पश्चात केही कमी भने अएको छ । हामी तपाईलाई विश्वका १० प्रदूषणमुक्त सहरको बारेमा जानकारी गराउन गइरहेका छौ ।

१. रेकजाविक, आइसल्यान्ड


रेकजाविकको हावाको गुणस्तर ८७.५९ छ । यो भनेको शुद्धताको नजिक हो । विश्वको सर्वाधिक सफा सहर मध्यको एक रेकजाविकमा प्रदूषण एकदमै छैन । आर्कटिकको चिसो हावाका कारण यहाँ मानिस गैर पारम्परिक उर्जा स्रोत जस्तै जियोथर्मल उर्जाको धेरै  प्रयोग गर्छन् । यसैबाट सहरलाई ९० प्रतिशत बिजुली तथा न्यानो प्रदान गर्ने प्रणाली चल्दै आएको छ ।

२. जुरिच, स्वीट्जरल्यान्ड


विवाहित जोडीको पहिलो रोजाइको रुपमा रहदै आएको जुरिच विश्वकै कम प्रदूषणयुक्त सहर मध्य पर्दै आएको छ । यो सहरमा केबल ४ लाख मानिसको मात्रै बसोबास रहदै आएको छ । यहाँ वातारणमैत्री सार्वजनिक यातायात प्रणाली रहदै आएको छ । साइकल चालाउने नियम, नविकरणीय उर्जाको प्रयोग आदिले यो सहरलाई प्रदूषणमुक्त पार्नका लागि सहयोग गर्दै आएका छन् ।

३. हेलसिंकी, फिनल्यान्ड


यो सहर साइक्लिङका लागि उपयुक्त मानिदै आएको छ । यो सहरमा मानिस चार पांग्रेको सट्टा साइकल चलाउन बढी प्रेरित हुदै आएका छन् । यो सहरमा करिब ३ हजार ८६८ किमी लामो साइकल लेन रहेको छ । कारको संख्या यहाँ कम गरिदै लगिएको छ ।


४.वेलिङटन, न्यूजिल्यान्ड