Become a volunteer

Become a Blood Donor

19°C
few clouds

योगध्यान :केही मिनेटको मात्र योग-ध्यान दिन भर आराम।


Author : नेपाल हेल्थ टाईम्स

केही मिनेटको मात्र ध्यानले घण्टौं सम्म विश्राम लिएको बराबर ताजापन ल्याउँछ।अब विज्ञानले पनि यो कुरालाई मान्न थालेको छ कि ध्यानले व्यक्तिको शरीर वरिपरि एउटा अदृष्य कवच जस्तै बनाउँछ। त्यो कवचले उसलाई वातावरणमा भएको अनेकौं संक्रमण बाट पनि बचाउंँछ।हवार्ड विश्वबिद्यालयको कार्डियो फेकल्टी अन्तर्गत अनुसन्धान निर्देशक  डा. हवर्ट वेलसनका अनुसार नियमपूर्वक प्रतिदिन २० मिनेट ध्यान गरेमा शरीरमा यस्तो परिवर्तन आउन थाल्छ कि शरीरले रोग तथा तनावका कयौं आक्रमणसंग लड्न सक्छ।

अनुसन्धान अनुसार  उनीहरु हृदय तन्त्रको कार्यविधी र संवेगको पारस्परिक सम्बन्धको अध्ययन गर्दै ध्यान तिर आकर्षित भए। उनीहरुले आफ्नो सहयोगी डा. वेलेस तथा उनको टिमको साथमा १८६२ जना मानिसहरुको परिक्षण गरे जो नियमित रुपमा ध्यान गर्दथे।अध्ययनको निष्कर्शमा उन‍‍ीहरुले पत्ता लगाए कि ध्यानको कारण अनुहारमा अबरोध क्षमताको बृदि हुन्छ। ध्यानले तीन मिनेट भित्र नै अक्सिजनको खपत दरको १७ प्रतिशतमा कमी आउँछ जब कि पाँच घण्टा को निन्द्रामा जम्मा ८ प्रतिशतको मात्र कमी आउँछ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली