Become a volunteer

Become a Blood Donor

19°C
few clouds

योनी संक्रमणको सबैभन्दा ठूलो कारण हो यो एक गलती


Author : एजेन्सी

६ कात्तिक महिलाहरुमा योनी पोल्ने, सुन्निने वा इन्फेक्सन हुने साधारण कुरा जस्तै हो । धेरै जस्तो महिलाहरुलाई यस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । तर के तपाईलाई थाहा छ यस समस्याको कारण हाम्रो नियमित दिनचर्यासंग जोडिएको छ । 


यो उमेरमा हुन्छ अधिक 

महिलाहरुमा योनी जीवाणु संक्रमण सबैभन्दा धेरै २५ देखी ३५ को उमेरका बिचमा हुने गर्दछ । योनी धेरै चिलाउनुका साथै पहेलों, वा खरानी रंगको डिस्चार्ज (घाउको पिप) आउने गर्छ । यो डिस्चार्ज कुनै पेस्ट जस्तो अथवा पानी जस्तो हुनसक्छ । यदि तपाईलाई यस्तै समस्या भईरहेको छ भने  तपाईलाई तुरुन्त चिकित्सकको परामर्श लिन जरुरी देखिन्छ । 


यस्ता हुन्छन लक्षण 

यदि तपाईको मुत्र प्रणलीको कुनै भागमा जीवाण संक्रमण भएको छ र यसको लक्षणका रुपमा तपाईलाई पेल्भिक पेन, पिसाब फेर्दा दुख्ने, योनी पोल्ने तथा गनाउने जस्ता समस्या देखिएको छ । यस्तो इन्फेक्सनलाई मेडिकलको भाषमा युटिआई इन्फेक्सनको नामले बुझिन्छ । यदि यस्तो कुनै समस्या तपाईमा छ भने गाइने डाक्टरको सल्लाह लिनु होला । 


सबैभन्दा ठूलो कारण 

यदि संभोगको समयमा तपाईले स्वच्छता (हाइजिन) को पुरा ध्यान दिनुहुन्न भने यसले तपाईलाई क्लेमिडिया, ट्राइकोमोनिएसिस, गोनोरिया जस्ता यौन संक्रमित रोग निम्त्याउन सक्छ । यसले तपाईको योनी दुख्ने, चिलाउने, पोल्ने जस्ता समस्याहरुको सामना गर्नु पर्ने हुनसक्छ । त्यसैले स्वच्छतामा ध्यान दिनु महिला पुरुष दुवैले जरुरी छ । यदि संभोग गर्नु भन्दा पहिले भित्री अंगहरुको स्वच्छतामा ध्यान नदिए योनी संक्रमण हुने खतरा सधै रहन्छ । केहि शोधमा यो कुरा साबित भइसकेको छ धेरै जस्तो योनी संक्रमण स्वच्छताको कमीले हुने गर्छ ।     


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली