Become a volunteer

Become a Blood Donor

19°C
few clouds

यौन संक्रमित रोगको उपचारका लागि सामाजिक संजालको मद्दत्त


Author : एजेन्सी

२१ कात्तिक, वासिङटन । मानिसहरुको सामाजिक संजाल प्रतिको लगाव यति धेरै बढ्दै गइरहेको छ । रेडिट (एक अमेरिकी सामाजिक समाचार, वेब रेटिङ र चर्चा गर्ने वेबसाइट हो) मा अन्जान व्यक्ति संग पनि यौन संक्रमित रोगको उपचारका लागि मद्दत्त मागिरहेको छन् । यो कुरा युएस जर्नल टयुज्डे मा छापिएको एक नँया अध्ययनले देखाएको हो । यस प्रक्रियालाई क्राउड डायग्नोसिस नाम दिइएको छ । 

युनिभर्सिटी अफ क्यालिफोर्निया ले रेडिट थ्रेड का १७ हजार यस्ता पोष्ट भेटे जुन यौन संक्रमित रोगका विषयमा आधारित थिए । त्यस पछि ५ सय पोष्टको अनियमित नमुना लिए । ५८ प्रतिशत मेसेज खुलेआम क्राउड डायग्नोसिस का लागि अनुरोध गरिएको थियो । त्यस्तै ३१ प्रतिशत लक्षणहरुका फोटो पोष्ट  थिए ।

 

पाँच माध्ये एक यस्तो अनुरोध थियो, जसमा प्रयोगकर्ताहरु चिकित्सकसंग कुरा गरेपछि खुला दोस्रो विचार चाहान्थे । जसमध्ये एक यस्ता व्यक्ति थिए जसलाई एचआईभी पोजेटिभ थियो । ७–८ प्रतिशत पटक यस्तो रिक्वेस्टका जवाफ पाउन औसतमा ३ घण्टा  र कसैले यसको जवाफ एक मिनेट भन्दा कम समयमा पनि पाएका थियो ।


युसी सेन डिएगोका एपिडेमियोलोजिस्ट जोन भन्छन् हर कोहि कुनै पनि समय डा. गुगलका बारे कुराकानी गर्छन् । तर मानिसहरु अनलाईन जानकारीका लागि मात्र नभई सहि व्यक्तिसंग यस बारे कुराकानी पनि गर्न चाहन्छन् ।     


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली