Become a volunteer

Become a Blood Donor

20°C
few clouds

लामो समय प्रदुषित हावाको सम्पर्कमा रहँदा स्ट्रोकको खतरा


Author : नेपाल हेल्थ टाईम्स

१४ कात्तिक देशका मुख्य शहरहरू धुवाँ, धुलो र फोहरका कारण निकै प्रदुषित बन्न पुगेका छन् । राजधानीका मुख्य तथा शाखा मार्गहरू समेत अति प्रदुषित भएको अवस्था छ । स्वास-प्रस्वास तथा आँखा सम्बन्धि रोगका मुख्य कारक वायु प्रदुषण नै हो । विज्ञ डाक्टरहरूका अनुसार लामो समय प्रदुषित वायुको सम्पर्कमा आउँदा स्ट्रोक हुने सम्भावना उच्च हुने गर्दछ । जब मस्तिष्कको कुनै भागमा रक्तसंचार हुन पाउँदैन चाहे त्यो कुनै किसिमको ब्लकेजले होस वा रक्तनली फुटनाले । यस्तो स्थितीलाई स्ट्रोक भनिन्छ ।



मस्तिष्कको भित्री भित्तालाई क्षति पुर्याउँछ प्रदुषित वायुको कणले

विज्ञ डाक्टरको भनाई अनुसार प्रदुषित हावामा भएका कणहरू निकै साना र मिहिन हुन्छन् । ती कणहरू नाकबाट फोक्सो हुँदै शरीर भित्र पुग्छन् । यस्तो अवस्थामा पहिल्यै रोगको सम्भावना भएका ब्यक्तिहरूमा उच्च जोखिम हुने गर्दछ । प्रदुषित हावामा भएका स-साना कणहरू शरीरको भित्री भागमा पुगेर ब्रेन सेल्सको आन्तरिक भित्तोलाई क्षति पुर्याउँछ । यसको कारण स्ट्रोकको जोखिम उच्च हुन पुग्दछ ।



मस्तिष्क सम्म रगत प्रवाह हुन नपाउँदा हुने गर्दछ स्ट्रोक

नेपालमा पछिल्लो १० बर्षमा स्ट्रोकका बिमारीहरूको संख्या ह्वात्तै बढेर गएको छ । पहिला ६० र ७० बर्षका मानिसलाई हुने स्ट्रोक हाल ४० बर्ष वा त्यो भन्दा पनि कम उमेरका ब्यक्तिहरूलाई पनि हुने गर्दछ । प्रदुषित हावामा स्वास लिनु भनेको धुम्रपान गर्नु बराबर नै खतरापूर्ण हुने गर्दछ । यसले स्ट्रोकको जोखिमलाई बढाउँछ

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली