Become a volunteer

Become a Blood Donor

19°C
few clouds

वायु प्रदुषणले वार्षिक ७० लाखको मृत्यु


Author : नेपाल हेल्थ टाईम्स

३० मंसिर वायु प्रदुषण विश्वको विकसित तथा विकासशील सबै देशहरुको समस्या बन्दै गएको छ । यसले विभिन्न पर्यावरणीय क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानव स्वास्थ्यलाई असर पारेको छ । विशेषगरी काठमाण्डौंलाई स्रोत, सुविधा र मन्दिरहरुको शहर भनेर चिन्ने गरिन्थ्यो भने अहिले प्रदुषणको शहर भनेर पनि  गरेको सुनिन्छ ।
 


वायु प्रदुषणको मुख्य कारणहरु 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वायु प्रदुषणलाई कुनैै पनि रसायनिक, भौतिक वा जैविक एजेन्टले घर भित्रको वा बाहिरको वातावरण प्रदुषणको रुपमा परिभाषित गर्दछ, जसले वायुमण्लको प्राकृतिक विशेषताहरु परिमार्जन गर्दछ । वायु प्रदुषणका सामान्य स्रोतहरु घरका यन्त्रहरु, मोटर गाडी, औद्योगिक सुविधाहरु र जंगल आगलागी हुन् । २०१४ को तथ्याङकका अनुसार, ४६ लाख नेपालीहरु शहरी क्षेत्रमा बस्ने गरेका थिए । यो प्रवृति चाँडै बढ्दै गएको अनुमान गरिएको छ, २०४० सम्म शहरी क्षेत्रमा ६ करोड जनसंख्या पुग्ने छ । गाडीको संख्या बढ्नु नै वायु प्रदुषणको मुख्य कारण हो । 

     



वायु प्रदुषणले मानव स्वास्थ्यमा पार्ने प्रभाव 
   
मानव स्वास्थ्यमा वायु प्रदुषणको प्रभाव सम्बन्धि अध्ययनहरु धेरै जसो अमेरिका र युरोपमा गरिएको थियो । नेपालको एक अध्ययन अनुसार, काठमाण्डौंमा वायु प्रदुषणले उच्च स्तरमा मानवको स्वास्थ्यलाई असर पारिरहेको छ । लामो समयदेखि मौन हत्याराको रुपमा विभिन्न प्रदुषण र संक्रामक रोगहरुको कारक वायु प्रदुषण नै हो । विश्वव्यापी, अस्वस्थ्य वातावरणको कारणले कुल १ करोड २६ लाखको मृत्यु हुने र वायु प्रदुषणले वार्षिक ७० लाखको मुत्यु हुने गरेको छ । हरेक वर्ष वायु प्रदुषणले विश्वभर ६५ लाखको मुत्यु भएको पाईन्छ । विश्वभर, वायु प्रदुषणले ३५ लाख र व्यापक वायु प्रदुषणले ३ लाखको मृत्यु भएको छ  र २०४० सम्ममा प्रति वर्ष ७५ लाखको समय भन्दा पहिले नै मृत्यु हुने देखिएको छ ।
   
 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली