Become a volunteer

Become a Blood Donor

21°C
few clouds

विश्व वातावरण दिवस २०१९


Author : नेपाल हेल्थ टाईम्स

             

हरेक वर्ष विश्व वातावरण दिवस जुन ५मा मनाइने गरिन्छ । यसको सुरुवात प्रकृति र मानव सम्बन्धको बिच सहयोगी र समर्पित भावको रुपमा भएको थियो । १९७४ मा पहिलो वातावरण अभियान भयो जहाँ प्रदुषण, मानव जनसङख्या र ग्लोबल वार्मिंगको कारणले विश्व वातावरण दिवसको सुरुवात गरिएको थियो ।

यसको सुरुवात स्वीडेनको राजधानी स्टकहोमबाट भएको थियो । जहाँ पहिलो वातावरण सम्मेलन आयोजना गरिएको थियो । त्यहाँ ११९ देशले सहभागीता जनाएका थिए । जसमा पहिलो पटक एक पृथ्वीको सिद्धान्त दिएका थिए ।

यस सम्मेलनमा संयुक्त राष्ट्र वातावरण कार्यक्रम सुरुवात गरियो र त्यहाँबाट हरेक बर्ष ५जुनमा विश्व वातावरण दिवसको रुपमा मनाउने संकल्प गरियो । हरेक वर्ष विश्व वातावरण दिवसकोे उद्देश्य उल्लेख गरिएको हुन्छ र यस वर्षको थिम ' बिट् एयर पोलुसन् ' चीन द्वारा आयोजित गरिएको छ । यसको उद्दश्य पृथ्वीलाई स्वच्छ र सफाई राख्नु हो । हरेक वर्ष विश्वमा ७० लाख मानिस प्रदुषित हावाले आफनो ज्यान गुमाउने गर्दछन् । त्यहि सन्र्दभलार्ई मध्यनजर गर्दै, जुन ५का दिन वातावरणलाई रक्षा गर्न धेरै स्कुल, कलेज, संघ सस्था, सेलिब्रेटी, सरसफाई अभियान विभाग आदिले जनचेतना फैलाउने काम गर्दछन् ।

जानांै वायु प्रदुषण कसरी नियन्त्रण गर्न सकिन्छ 

१.आफू बसेको ठाउँमा बोट बिरुवा, रुख रोप्ने

२ जथाभावी फोहर फाल्नेलाई कारबाही गर्ने

३.प्रदुषण उत्पन्न गर्ने गाडीलाई हटाउने

४.हावाबाट हुने प्रदुषणका बारेमा जनचेतना फैलाउने ।    

 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली