Become a volunteer

Become a Blood Donor

19°C
few clouds

सजिलैसंग सेतो कपाल हटाउन यसो गरौं


Author : नेपाल हेल्थ टाईम्स

१० पुष उमेरसंगै मानिसहरुको कपालमा पनि परिवर्तन देखिदैं जान्छ । तर वर्तमान समयमा आधुनिक जीवनशैली र अस्वस्थ्य खानपानको कारण, कपाल प्रारम्भिक उमेरमा नै सेतो देखिन थालेको छ । तथापि, वंशाणुगत र हरमोनको कारणले पनि कपाल सेतो हुने गर्दछ ।

 

यसरी हटाऔं सेतो कपालको समस्या 


१. मेहेन्दी

मेहन्दीलाई कपालमा प्रकृतिक रंगको लागि प्रयोग गर्ने गरिन्छ ।  रसायनयूक्त रंगको सट्टा मेहेन्दी कपालमा लगाउनु फाईदाजनक हुने गर्दछ । यसले कपाललाई प्रकृतिक रंग दिने गर्दछ । यसका लागि मेहन्दीलाई रातभरी भिजाउने र अर्को दिन कागती मिसाएर प्रयोग गर्न सकिन्छ ।



२.चियापत्ती 

चियापत्तीमा एन्टिअक्सिडेन्ट हुन्छ । यसले कपालको रंग गाढा बनाउनुका साथै सेतो कपाललाई नियन्त्रण गर्ने गर्दछ । चियापत्तीलाई पानीमा उमाल्ने र चिसो भएपछि लगाउने, एक घण्टापछि चिसो पानीले पखाल्ने । पखाल्दा स्याम्पुको प्रयोग नगर्ने । 



३.तिल र बदामको तेल 

बदामको तेलमा पोषक तत्व भरपुर मात्रामा पाईने गर्दछ । यसले कपाललाई बढाउने र झर्ने समस्यालाई नियन्त्रण गर्ने गर्दछ । बदामको तेलले कपाललाई कालो बनाउने गर्दछ । हप्ताको दुई दिन तिलको तेल प्रयोग गरी मालिश गर्ने । यसले कपाललाई स्वस्थ्य राख्दछ । 


४.अमला

कपाललाई स्वस्थ्य राख्न अमलाको पनि प्रयोग गर्ने गरिन्छ । अमलामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले कपाललाई सेतो हुनबाट बचाउने गर्छ ।  अमलाले क्षतिग्रस्त कपाललाई मर्मत गर्ने काम पनि गर्दछ । 


५. मेथी

मेथीमा धेरै पोषक तत्व पाईन्छ । यसले समयभन्दा पहिले पलाउने सेतो कपाललाई नियन्त्रण गर्ने गर्दछ । यसलाई प्रयोग गर्न, मेथीलाई पानीमा भिजाएर पिस्ने, पिसेको मेथीलाई नरिवल वा बदामको तेलमा मिसाउने र कपालको जरामा लगाउने । यसो गर्नाले सेतो कपालको समस्याबाट राहत मिल्छ । 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली