Become a volunteer

Become a Blood Donor

22°C
few clouds

सनस्क्रीन कत्तिको सुरक्षित ?


Author : एजेन्सी


एजेन्सी

२७ साउन वर्षाको समयमा छाता, जाडोमा न्यानो कपडा र गर्मीको समयमा सनस्क्रीन अत्यन्त आवश्यक मानिन्छ ।

पछिल्ला वर्षहरुमा सनस्क्रीनको प्रयोगमा वृद्धि हुदै गइरहेको छ । बजारमा यसको विभिन्न किसिमका विकल्पहरु रहेका छन् । छालाको दृष्टिकोणबाट र रङको दृष्किोणबाट तथा आवश्यकताका आधारमा यो निर्भर रहन्छ ।

चिकित्सकले पनि पराबैजनी किरणबाट छालाको क्यान्सर हुने जोखिम हुन्छ । यसैका कारण पनि सनस्क्रीनको प्रयोग गरिन्छ ।

तर कैयौ पटक सनस्क्रीन सुरक्षित हुन्छ वा हुदैन भन्ने विषयमा सवाल उठाइन थालेको छ ।

यो वर्षको सुरुवातमा अमेरिकी पूmड एन्ड एडमिनिस्ट्रेसनले सनस्क्रीनमा प्रयोग गरिने १६ मध्ये १४ रासायनिक तत्वलाई सुरक्षित तथा प्रभावशाली तत्वको सूचीबाट हटाइदिएको छ । यसले सनस्क्रीन पुरै किसिमबाट सुरक्षित नभएको तथ्य पुष्टि गरेको छ ।

के सनस्क्रीन सुरक्षित छ ?

भारतको गंगालाल अस्पतालका छाला विज्ञ रोहित बत्राले भनेका छन्,“सनस्क्रीन सुरक्षाका लागि हो । यसले सूर्यको पराबैजनी किरणबाट छालालाई सु्रक्षित राख्छ ।” यद्यपी यसलाई सन्तुलित मात्रामा प्रयोग गर्ने सल्लाह उनी दिन्छन् ।

आजकल बजारमा जुन किसिमका सनस्क्रीन बिक्री भइरहेका छन् । त्यो भौतिक सनस्क्रीन भएको उनी बताउछन् । जसमा जिंक अक्साइड वा टाइटेनियम अक्साइड हुन्छ । यो मेटल पार्टिकल हो, जसले छालाको माथि एक तह बनाउछ र पछि पसिना तथा नुहाउदाको समयमा धोइन्छ । तर, छालाको भित्र जादैन ।

यद्यपि भारतमा हालसम्म सनस्क्रीनको प्रयोगबाट कुनै क्यान्सरको घटना नभएको उनले बताए ।

तर सनस्क्रीनको प्रयोगले क्यान्सर हुदैन भनेर पनि अस्वीकार गर्न नसकिने उनी बताउछन् ।

केही रासायनिक तत्वले हानी पृु¥याउन सक्ने भनाई उनको छ ।

म्याक्स सुपर स्पेसलिस्ट अस्पतालमा ओन्कोलोजी विभागका डा. मीनु वालियाले पनि सनस्क्रीनका कारण क्यान्सर हुने आशंकालाई पछि गएर खारेज गरेकी छन् ।

उनी भन्छिन्,“धेरै अध्ययनमा यो पाइएको छ कि सनस्क्रीनको प्रयोगले परावैजनी किरणबाट सुरक्षा मिल्छ । यसको नियमित प्रयोगले छालाको क्यान्सर हुने आशंका अत्यन्त कम हुन्छ । सूर्यको किरण खतरनाक हुन्छ र यसबाट क्यान्सरको खतरा हुन सक्छ । साथसाथै कैयौ किसिमका छालासँग जोडिएको समस्या पनि हुन सक्छ ।”

यद्यपि युरोपको तुलनामा भारतमा छालाको क्यान्सरको आशंका अधिक हुने तर त्याहाँ मानिस सचेत हुने भएकाले छालाको क्यान्सरको घटनामाक अत्यन्त कमी आएको उनी बताउछिन् ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली