Become a volunteer

Become a Blood Donor

20°C
few clouds

सरसफाईको कमीले १६ देखि २५ लाखको मृत्यु


Author : एजेन्सी

२० कात्तिक सरसफाई तथा स्वच्छताको कारणले प्रतक्ष्य तथा अप्रत्यक्ष रुपमा स्वस्थ्यमा समस्या देखिरहेको हुन्छ । यस विषयमा हामी जानकार हुदाँ हुदौं पनि वेवास्ता गरिरहेका हुन्छौं । सरसफाईको कमी, खराब हाईजिन र दुषित पानीले विकासशील देशहरुका नागरिकका  स्वास्थ्यमा हानी गरिरहेको छ । प्रत्येक वर्ष स्वच्छताको कारणले धेरै मानिसहरुको मृत्यु हुने गरेको छ ।   



स्वच्छताको कारणले मानवमा पारेको प्रभावहरु 


१. पखाला (डायरिया)

विश्वभर पखालाको कारणले वर्षभरी १६-२५ लाख मानिसहरुको मृत्यु हुने गर्दछ । विकासशील देशहरुमा मृत्यु हुनेको संख्या धेरै जसो ५ वर्ष मुनिका बच्चाहरुमा देखिने गर्दछ । सन् २००८ मा पखलाले सब—सहरान अफ्रीकी मुलुकहरुको ५ वर्ष मुनीका बच्चाहरुको मृत्युको मुख्य कारण बनेको थियो, जहाँ १९ प्रतिशतले मृत्युदर देखिएको थियो ।  



२.तीव्र स्वास प्रश्वास संक्रमण 

तीव्र स्वास प्रश्वास संक्रमण एक गंभीर संक्रमण हो । जसले स्वासमा बाधा पुराउने गर्दछ । यसबाट प्रत्येक वर्ष ४२ लाखको मृत्यु हुने (५वर्ष भन्दा कम उमेरका बच्चाहरु मध्ये १६लाख), तीव्र स्वास प्रस्वास संक्रमण विकासशील देशहरुमा मृत्युको प्रमुख कारण बन्न पुगेको छ ।


 

३.कुपोषण

असुरक्षित पानी र स्वच्छताको कारणले गर्दा कुपोषणबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष कुपोषणका कारण ८ लाख ६० हजारको मृत्यु हुने गरेको छ । जसमध्ये प्राय ५ वर्षसम्मका बच्चाहरु रहेका छन् । कुपोषणको मुख्य कारण असुरक्षित पानी, अपर्याप्त स्वच्छता, सरसफाई इत्यादि हुन् । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली