Become a volunteer

Become a Blood Donor

25°C
scattered clouds

हिमालयन बैंकद्धारा त्रि.वि. शिक्षण अस्पतालमा विश्राम कक्ष निर्माण


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं। हिमालयन बैंक लिमिटेडले त्रि. वि. शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण गरिदिएको छ । बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अस्पतालमा कार्यरत चिकित्सकहरुका लागीे विश्राम कक्ष निकै उपयोगी हुने विश्वास लिएको छ । बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयूक्त रुपमा एक समाहरोहमा समुद्धघाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका थिए । 

उक्त अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले शिक्षण अस्पतालमा विश्राम कक्ष निर्माण गर्न पाउँदा खुशी व्यक्त गर्नु भयो र साथै बैंकले अत्यावश्यक क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बताए । सोहि अवसरमा त्रि. वि. शिक्षण अस्पताल निर्माण गर्दाका क्षणको अनुभव व्यक्त गरे । त्यस्तै शिक्षण अस्पतालका कार्यकारी निर्देशक खड्गाले हिमालयन बैंकको सहयोगमा निर्माण भएको विश्राम कक्षले लगातार कामबाट थकित चिकित्सकहरुलाई विश्राम गर्ने ठाउँ बनाइदिएकोमा धन्यवाद प्रदान गरेका थिए ।

सामाजिक उत्तरदायित्वको निर्वाह बैंकको स्थापना कालदेखिकै उद्देश्य हो । बैंकले विशेष गरी शिक्षा, स्वास्थ्य, अनाथालय, बृद्धाश्रम, खेलकुद, संस्कृति तथा सांस्कृतिक सम्पदा संरक्षण लगायत प्राकृतिक प्रकोप पिडितलाई सघाउने कार्यमा सहयोग गर्दै आएको छ । 




सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली