Become a volunteer

Become a Blood Donor

19°C
scattered clouds

३० वर्षको उमेरपछि क्याल्सियमको कमी देखिने, यस्ता आहारको सेवनमा जोड दिनु आवश्यक


Author : नेपाल हेल्थ टाईम्स

४ पुष तीस वर्षको उमेरपछि शरीरलाई स्वस्थ्य बनाउँन र बलियो हड्डीको लागि पोषक तत्वको आवश्यक हन्छ । उचित पोषणको अभावका कारण धेरै व्यक्तिहरुमा हड्डी सम्बन्धि समस्याहरु देखिने गर्दछ । यदि खुट्टा, दाँत, हड्डीहरुमा दुखाईको समस्या भएमा खानामा क्याल्सियमयुक्त खाद्य पर्दाथ समावेश गर्नु पर्दछ । 


यस्ता आहारले क्याल्सियमको अभाव हटाउँछ 


१.अन्न र दाल 

धेरै महिलाहरु शरीरलाई फिट राख्न पोषक तत्वको प्रयोग गरेका हुदैंनन् । त्यसैले डाइटमा क्याल्सियमयुक्त दालहरुका साथै अन्न समावेश गर्नुपर्दछ । अनाजमा गहुं, दालमा सोयाबिन इत्यादिको समावेश गर्नुपर्दछ ।


२.दुधबाट बनेको आहार 

दुधबाट बनेको आहार जस्तै: चिज, दहि, पनिर, आदिमा क्याल्सियम  पर्याप्त मात्रामा पाईने गर्दछ । यस्ता आहारको सेवनले स्वास्थ्यमा लाभ देखाउने गर्दछ । 



३.सुख्खा फल 

बदाम, पिस्ता, ओखर, इत्यादिको दैनिक सेवनले शरीरलाई फिट राख्नुका साथै मोटापनलाई पनि नियन्त्रण गर्दछ र यस्ता आहारमा क्याल्सियम प्रशस्त मात्रामा पाईन्छ ।



४.तरकारी र फलफूलहरु 

खानामा अधिक मात्रामा तरकारी र फलफूलको सेवन गर्नुपर्दछ । क्याल्सियमको मुख्य स्रोत बन्दा, हरियो धनियाको आदि हुन र फलमा सुन्तला, केरा, किवीमा क्याल्सियम पाईने गर्दछ । 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली