Become a volunteer

Become a Blood Donor

15°C
mist

५ किसिमका हुन्छन पिम्पल, जान्नुहोस् बच्ने उपाय


Author : एजेन्सी

१९ कात्तिक टिनएजमा पिम्पल्स आउनु सामान्य कुरा हो । तर धेरै जसो यो समस्या पछि सम्म पनि देखिन्छ । यो समस्या यस्ता व्यक्तिहरुलाई हुने गर्छ जसको स्किन चिल्लो (ओइली) हुन्छ । के तपाईलाई थाहा छ पिम्पल कति प्रकारका हुन्छन् र यसलाई नियन्त्रणमा राख्नका लागि तपाई कस्तो खाना खानु पर्छ ? जानिराखौं ।


हामी सबैको छालामा सानो सानो प्वाँल हुने गर्छ । जसको स्किन अइली हुन्छ उसको शरीरमा तेलीय ग्रन्थि अधिक सक्रिय भएको हुन्छ । जब यस ग्रन्थिबाट निस्किने तेलमा मृत कोषहरुको एक तह हुन्छ तब पिम्पल्सको समस्या सुरु हुन्छ । पिम्पल्सका कारण वंशाणुगत तथा खानपानको कारण पनि हुनसक्छ । 


जीवनशैली र पिम्पल 

प्रायः पिम्पल हराएपछि केहि दिनमा यसको दाग पनि हराउँछ । तर केहि पिम्पल यस्ता हुन्छन जुन केहि गरे पनि जादंैन । यो केवल शारीरिक पिडा मात्र नभई मानसिक पिडा पनि हुन जान्छ । पिम्पल्स आउनुको कारण खराब खानपान र अधिक तनाव पनि हुनसक्छ । 


हामी पिम्पल्स लाई नामले मात्र चिन्दछौं तर सायद कहिले हामीले सोचेका छौं त पिम्पल्स पनि अलग–अलग किसिमका हुन्छन् । जस्तै साना ब्ल्याक हेड्स, ह्वाईट हेड्स, पेपुल्स, नेडूल्स । 


पिम्पल्स 

यो रातो तथा सानो वा ठूलो आकारको हुनसक्छ । सुरुवातमा कडा र पिडादायक हुन्छ । केहि दिन पश्चात यसको रातोपन कम हुदैं जान्छ ठोस बन्दै जान्छ । 


ब्ल्याकहेड्स

ब्ल्याकहेड्स कालो रंगको मसिनो र लामो रेसा हुन्छ । जुन छालाको मसिनो रौं भएका भागमा जम्मा हुन्छ । यसले त्व्चामा कालोपना बढाउनुका साथै नरमपना पनि कम गरिदिन्छ । ब्ल्याकहेड्स त्वचामा मेलानिनको अक्सिडेसनको कारणले हुन्छ तर हामीलाई फोहरका कारण जम्मा भएको जस्तो लाग्छ । 


पेपुल्स

पेपुल्सको रङ हल्का गुलाबी देखि गाढा रातो सम्मको हुनेगर्छ । यो कुनै ब्लेडको कटाईबाट, रेजर बर्न, कुनै किराको टोकाई वा छाला सम्बन्धि समस्याका कारण हुनसक्छ । सामान्यतयाः यो अधिक सेन्सेटिभ र पिडादायी हुन्छ । 


नोडयुल्स

नोडयुल्स यस्तो पिम्पल्सलाई भनिन्छ, जुन हाम्रो त्वचाको माथी नभएर भित्रै उत्पन्न हुन्छ । यो आकारमा अरु पिम्पल्सको तुलनामा ठूलो, कठोर तथा छुँदा पनि पिडा हुने किसिमको हुनेगर्छ ।   


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली